काठमाडौं – बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ ।
आजको बैठकमा मंसिर ४ गते देशभर एकसाथ सम्पन्न भएको आम निर्वाचनको समिक्षा र अहिलेको अवस्थाबारे छलफल गर्ने एक नेताले बताए ।
Facebook Comments Box