Author: Nisha Shrestha

काठमाडौं – नेपाल प्रहरीमा रिक्त रहेको चार जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को लागि दौडधूप सुरु भएको छ । छ । एआईजी पद रिक्त भएपछि लामो समयसम्म बढुवा प्रक्रिया अवरुद्ध हुँदा प्रहरीमा केही अन्यौलता देखिएको थियो । तर, पछिल्लो समय गृहमन्त्रालयले निर्वाचन आयोगको अनुमति लिएर उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनीलाई सरुवा गरेसँगै अब बढुवा प्रक्रियाका लागि पनि बाटो खुलेको भन्दै आकांक्षीहरु शक्ति केन्द्रतिरको दौडधूप सुरु गरेका हुन् । निर्वाचनका कारण मंसिर १९ गतेसम्म निर्वाचन आचारसंहिता लाग्ने भएकोले लामो समयदेखि एआईजी पद रिक्त रहेको र केही विशेष स्थानहरूमा पदबहाली गर्नु पर्ने भएकोले गृह मन्त्रालयले निर्वाचन आयोगबाट सरुवा र बढुवाको लागि…

Read More

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो । चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको…

Read More

नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मङ्गलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी…

Read More

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर धाँधली गरेको बताएका छन्। पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।

Read More

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । “गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । “सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि…

Read More

बिर्तामोड – झापा क्षेत्र ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधबार एकै दिन तीन वटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन पक्की पुलको शिलान्यास गरेका हुन् । चार करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपियाँमा तीन वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । जसअन्तर्गत वडा १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर…

Read More

काठमाडौँ – आज (बुधबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । सेयर बजारमा उतारचढाव आउँदा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेको छ । नेप्से ०.१८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले घटेर ३८१.८४ विन्दुमा झरेको छ । कूल २३८ वटा कम्पनीको २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३ सय १ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज…

Read More

काठमाडौं – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो…

Read More

गण्डकी- कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेको थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीन वटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत…

Read More

काठमाडौँ – हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन्। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘देश भ्रष्टाचारले बिग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलो एजेन्डा हो। सञ्चार क्षेत्रको विकास र पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनेछु। यो क्षेत्रको सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिइनेछ। डोजर आतङ्कले बाढी पहिरोको जोखिम बढाएको छ। अनावश्यक…

Read More