Author: Nisha Shrestha

महेन्द्रनगर – कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् । कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ । हरेक…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरेको बताएका हुन् । उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको…

Read More

पोखरा – लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ। आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो। उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्व खर्च हुने प्रस्ताव छ। तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन्। स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन्। स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरूको माग छ। माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका…

Read More

रेसुङ्गा – केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए । अहिले २० वर्ष पुग्नुभएका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लाग्नुभयो । रु दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले…

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ । दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।

Read More

धनकुटा – धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ। सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ। जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ। कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो। जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ। यहाँबाट…

Read More

काठमाडौँ – नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ । पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् । प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् । उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए । प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमश: १० र ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख…

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले विजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । शारीरिक तथा मानसिक बिकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै प्रहरी…

Read More

काठमाडौँ – सरकारले कोरोना भाइरस नयाँ स्वरुप देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि विश्वव्यापी रूपमा केही देशमा सङ्क्रमणका नयाँ स्वरूपमा कोरोना जोखिम बढी रहेकाले सचेत रहन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । मन्त्रालयले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कले तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ । नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…

Read More

काठमाडौं – सरकारले चर्चित एवं सिरियल किलरका रुपमा परिचित चार्ल्स गुरुमुख शोभराजलाई आजै डिपोर्ट गर्ने भएको छ । शोभराजलाई आज (शुक्रबार) मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएपछि अध्यागमन विभाग पुर्‍याइपछि आवश्यक प्रकृया पूरा गरी आजै उनको गृहदेश फ्रान्स डिपोर्ट गर्न लागिएको हो । साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत उनलाई फ्रान्स डिपोर्ट गर्न लागिएको हो। त्यसअघि शोभराजलाई प्रक्रियाका लागि डिल्लीबजारस्थित सदरखोरमा राखिने भनिए पनि उनको डिपोर्टको प्रक्रिया सकिएकोले आजै डिपोर्ट गर्न लागिएको हो । सिमल ट्राभल्सबाट उनको टिकट काटिएको छ । उनी दोहा हुँदै पेरिस जानेछन् । शोभराजले भने केही दिन नेपालमा नै बस्न चाहे पनि अध्यागमनले आजै पठाउने भएको हो…

Read More