Author: Nisha Shrestha

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ । महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उहाँले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताउनुभयो ।रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु ।” प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो । सङ्घीय संसद् सचिवालयले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पठाएको छ । सर्वोच्च अदालतले पनि उक्त पत्र कार्यान्वयन गर्ने जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न राजदूत थम्पसन पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। भेटवार्ताको क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपाल सचिवालयले जनाएको छ। सरकार गठनको बेलामा अध्यक्ष नेपाल र अमेरिकी राजदूतसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ

Read More

काठमाडौँ – नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

Read More

काठमाडौँ – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधवार जबरालाई निलम्बन फुकुवाको पत्र दिए लगतै जबरा सर्वोच्च फर्किने तयारी गरेका छन् ।

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताउनुभयो । “अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ…

Read More

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए । उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तर तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका…

Read More

धनगढी – दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबिच वार्ता तथा छलफल हुने भएको छ। आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबिच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ। बुधबार नेपाल र भारतीय प्रशासनबिच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले पनि नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले बैठकमा सहभागी हुन मातहतका कार्यालयलाई पत्राचार गरेकी छन्। आज नेपाल र भारतका प्रशासनिक अधिकारीबिच धार्चुलास्थित विश्राम गृह लोक…

Read More

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् । यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए । ‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ,’ राणाले भने,‘म व्यवस्थापन गरेर आजै अदातल…

Read More

काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई निःसर्त एमालेमा फर्कने जनादेश प्राप्त भएको बताएका छन् । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणामबाट एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेकोप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । १६ महिनाअघि एमालेबाट २० प्रतिशत केन्द्रीय सदस्य र २३ सांसदसहित विभाजित भएर एकीकृत समाजवादी गठन भएको थियो । सो पार्टीलाई राष्ट्रिय दल नबनाएर नेपाली जनताले पुनः एमालेमै फर्कनुपर्ने सन्देश दिएको नेम्वाङ बताउँछन् । इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा गृहजिल्लामै रहेका नेम्वाङले भने, “माधवकुमार नेपालजी नेतृत्वको नेकपा (एस)लाई निःसर्त एमालेमा फर्कने…

Read More

सिरहा – सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे। समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुर्‍याइने उल्लेख छ। यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए।

Read More