काठमाडौँ – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन् ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधवार जबरालाई निलम्बन फुकुवाको पत्र दिए लगतै जबरा सर्वोच्च फर्किने तयारी गरेका छन् ।
Facebook Comments Box