Author: Nisha Shrestha

बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ । सार्वजनिक यातायातमा यात्रा…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आउनु भएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प¥यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि पसलमा ग्राहक आउनै छाडे”, उहाँले भन्नुभयो, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु प¥यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो । उहाँले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको थियो । एउटै टर्की बेच्दा चार हजार आम्दानी भएको देखेपछि उहाँ पनि पशुपक्षीपालनमा आकर्षित हुनुभएको थियो । तर उहाँसँग ज्ञान भने थिएन । पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिनुभयो भने…

Read More

काठमाडौं –  जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् । सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए । उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने र गतिलो सन्देश दिने काम गर्ने बताएका छन् । आज बिहान नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘अर्थतन्त्रको सुधार गर्न चाहन्छौँ । जनतामा नयाँ विश्वास जगाउने गरी काम गर्छौँ । कोरोना महामारीले जनतामा निराशा छाएको छ । अब यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्छौँ । विकासकै काममा ध्यान दिने हो । भष्ट्राचारविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।’

Read More

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३ सय ९० रुपैयाँ कायम रहेको छ। आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

Read More

जुम्ला – जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

Read More

काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् । ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’ उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’ बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ’, महराको भनाइ…

Read More

रुपन्देही – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीकै अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरू गरेको थियो। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५…

Read More

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओवादीका सचिव गणेश साहले बताए । उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्‍त्रालयको टुंगो पछि लाग्नेछ । श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।

Read More