Author: Nisha Shrestha

काठमाडौँ – रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल–इण्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ । उक्त अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो । उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए । समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिनु…

Read More

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार सेयर बजर ११.८१ अंकले घटेको थियो । बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।…

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर हल्ला चलाइएको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनको जुम बैठकमा अध्यक्ष नेपालले एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर भ्रम फलाइएको बताएका हुन् । ‘एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेको छ । के हो कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ,’ नेपालले भने,‘ती बजार हल्लामा कुनै सत्यता छैन । हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए । अध्यक्ष नेपालले नेता घनश्याम भुसाल पार्टीमा आउन तयार रहेकोसमेत बताएका छन् । एमाले…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ । रवि लामिछानेले गृहमन्त्रालय सम्हालेसँगै महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले अतिक्रमित वस्ती हटाउनका लागि मन्त्रालयसँग सहयोग मागेको हो । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा उल्लेख, ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित…

Read More

काठमाडौँ – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।  उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Read More

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक हुनुभएको छ । अर्याल संविधानसभा सदस्य तथा मोरङ–५ प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित संसद हुनुहुन्छ । प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला…

Read More

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन्।

Read More

काठमाडौं – उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन् । उनी आज (बिहीबार) दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने गत सोमबार उपप्रधानसहित गृह मन्त्रीमा नियुक्त भएका हुन्।

Read More

कैलाली – कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

Read More

सिराहा – सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ । सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच…

Read More