Author: Nisha Shrestha

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् । बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित होटलमा बस्ने जनाइएको छ ।

Read More

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् । बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित होटलमा बस्ने जनाइएको छ ।

Read More

सप्तरी – सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत ९पाल०को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ । हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् । यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।

Read More

ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाउनुभयो । “कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थे”, विष्टले विद्यार्थीमाझ भन्नुभयो, “सुदूरपश्चिम कीर्तिमानी खेलाडी जन्माएको भूमि हो ।” ओलम्पिक पुग्ने खेलाडी स्कुलस्तरबाटै आउने गरेको ओलम्पियन विष्टले बताउनुभयो । “आइएस्सी पढ्न महेन्द्रनगर आउँदादेखि यहाँको अपार मायाको सम्झना आइरहन्छ”, उहाँले भन्नुभयो, “खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिक्कै आवश्यक छ ।” स्वस्थ्य व्यक्ति जुनसुकै…

Read More

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको भएको छ। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा छ। काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्। बुधबार बिहान काठमाडौस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भएको भेटवार्तामा लेखराजलाई भेटेर नै उनले आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको बताइएको छ।

Read More

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्। भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔँ नभन्नु आफ्नो गल्ती भएको बताएका छन्। आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए। ‘प्रचण्ड जीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कने बेला खबर नगर्ने ? यो रवैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्तामा भने, ‘हतारमा भन्न पाइएन। यसमा मेरो गल्ती…

Read More

काठमाडाैं – चोरीको मोटरसाइकल सहित काठमाडौको बौद्धबाट मंगलबार २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाण्डौको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् । वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित दुवैजनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो । काठमाडौको जोरपाटीबाट हराएको उक्त NS२०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौ…

Read More

काठमाडाैं – कोभिड-१९ को महामारीपछि पहिलो पटक मंगलबार रसुवागढी नाका खुलेको छ। नाका खुलेकै दिन नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए। ‘आठ ट्रक सामान भन्सार पास भएकोमा ६ ट्रक सामान चीन पुगेको छ,’ उनले भने। उनका अनुसार ती वस्तुको भन्सार पास एक हप्ता अघि नै भएको थियो। कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रने सबै नाका बन्द गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तुको निर्यात ठप्प थियो। कार्यालयका अनुसार तत्कालका लागि रसुवागढी नाका मात्रै खुलेको हो। सिन्धुपाल्चोकको नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको जेष्ट सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेको छु।’ सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएका थिए । संसद आह्वान भएसँगै प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

Read More