Author: Nisha Shrestha

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको छ । महिलालाई घरभित्रदेखि समाज हुँदै राजनैतिक दल र राज्य सत्तासम्म पहिला बनाउने अभियान ‘महिला पहिला’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनका निम्ति मन्त्रालयले ६० पालिकामा बजेटको व्यवस्था गरेको छ । कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने अभियानको व्यवस्था गरिएको छ भने महिलालाई तलैदेखि नेतृत्व क्षमताको अभिवृद्धि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ । मन्त्रालयले महिला सुरक्षा सेवा कार्यक्रमअन्तर्गत रातिको समयमा महिला एक्लै हिँड्नु परेमा प्रहरीको सहयोगमा कल सेन्टरको व्यवस्था गरी महिलाले फोन गर्ने बित्तिकै घरमा गाडी लिन जाने र गन्तव्यमा पुगेर पुनः घरसम्म पठाउने व्यवस्था रहेको छ । मन्त्री उमा रेग्मीले मन्त्रालयको जिम्मेवारी…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले युवा वर्ग निन्दक नभई आलोचक बन्नुपर्ने समेत बताए । युवा थाहै नपाई निन्दक बन्ने गरेको भन्दै उनले निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुने उल्लेख गरे । युवा आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यका बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने उनको भनाइ छ । ‘हामी कहिलेकाहीँ थाहा नपाईकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुन्छ । तर,…

Read More

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

Read More

काठमाडौँ – नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दै छ । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रूपमा केही दोस्रो तहका नेताहरूबिच छलफल हुने महतले बताए ।  निर्वाचन सम्पन्न भएपश्चात् नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबिच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्त्वपूर्ण पदहरूको गठबन्धन दलहरूबिच भागबन्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन…

Read More

काडमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । फेरी एक पटक प्रधानमन्त्री हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।  एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए । अध्यक्ष ओलीले भने, ‘कतिपय जो…

Read More

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए । ‘हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्यौँ’, उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।’ स्ववियु निर्वाचनको मिति प्रस्ताव…

Read More

धनुषा — पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् । शुक्रबार झापाबाट रहेको जनकपुरधाम आएका पूर्वराज ज्ञानेन्द्र साँझ गंगा आरतीमा सहभागी भएका थिए । उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे । पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् । जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट विच्छाइएको थियो । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ । उनी भोली क्रिसमस…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराईजस्ता प्रेरणादायी व्यक्तिहरूसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् । ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आज ९शनिबार० आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । उनले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर…

Read More

काठमाडौँ – ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पु¥याउन प्रदर्शनीबाट सहयोग पुग्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताउनुभयो । स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म…

Read More

काठमाडौँ – अमेरिकास्थित नेपाली राजदूतावासले गत डिसेम्बर १५ देखि २० सम्म अमेरिकी शहर टेक्सस, डालस र अस्टिनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले बुझाएको सेवा शुल्क लुटपाट भएको छ । दूतावासका कर्मचारीहरु डिसेम्बर २२ मा हुस्टन बाट वाशिङ्गटन जाने क्रममा पार्किङमा राखिएको सवारीसाधनबाट उक्त रकम लुटपाट भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा उल्लेख भए अनुसार दूतावासबाट उक्त लुटपाट सम्बन्धी जानकारी आवश्यक सम्पूर्ण निकायहरुमा गराईसकिएको छ भने नेपाल सरकारको लुटिएको राजस्व फिर्ता गराउन सम्पूर्ण नागरिकहरुले यथासक्य सहयोग गर्नका निमित्त पनि अपिल गरिएको छ । साथै सेवाग्राहीहरु सेवा प्राप्त गर्नका निमित्त पेश गरेका मनी अर्डर वा क्यासियर चेक सम्भव भएसम्म…

Read More