Author: Nisha Shrestha

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जवराले सपथ ग्रहण गराएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरूपण भई नसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रूपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर…

Read More

पोखरा – पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो । साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गर्नुभयो । उहाँले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको बताउनुभयो । साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड…

Read More

धनगढी – पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा बिक दम्पत्तीले नेकपा (एमाले) प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रबाट पूर्व प्रदेशसभा सदस्य रहेकी बिक र उनका पतिले एकैदिन एमाले प्रवेश गरेका हुन्। माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान रामबहादुर बिक अब एमालेको नेता बनेका छन्। उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्। २०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी बिक नेकपा विभाजनका बेला प्रदेश सभाकी प्रमुख सचेतक समेत बनेकी थिइन्। त्यसपछि एमाले विभाजनका बेला उनी एकीकृत समाजवादीतिर लागिन्। त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन्। त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन्। भदौ ३१ मा उनी…

Read More

काठमाडौं – सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ । यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

खजुरा – ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ। गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ। खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउँछिन्। “ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उनले भनिन्, “घरमा गाई भैँसी पालेकी छु, त्यसैको गोबरले गुइँठा बनाउन सजिलो भएको छ, अनि खाना पनि त्यसैबाट बनाउँछु, अर्को विकल्प छैन।” डुडुवा–१ कि निर्मला कोरीको अवस्था पनि उस्तै छ। “आफूसँग भएको जमिनमा रुख बिरुवा छैन, नजिकै जङ्गल पनि…

Read More

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छर्नुभयो । उहाँहरु मात्र होइन, शङ्करपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् । गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको आभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको…

Read More

काठमाडौं – प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभाको सभामुख र…

Read More

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

Read More

काठमाडौं – राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ विभाजित भएको छ । असन्तुष्ट पक्षले हालै सम्पन्न ८औ महाधिवेशन अवैधानिक भएको भन्दै समानान्तर कमिटी नै गठन गरेका हुन् । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी सार्वजनिक गरेका हुन् । महासङ्घमा विभिन्न ४८ जातीय सङ्गठन सदस्य छन् । तर, चिनीमाया माझीको अध्यक्षतामा बनेको कमिटीले आफू अनुकूल सदस्य सङ्गठनलाई मात्र बन्द सत्रमा राखेको असन्तुष्ट पक्षको आरोप छ । गएको महाधिवेशनमा संस्था नवीकरण नभएको भन्दै २७ सदस्य सङ्गठनलाई बन्द सत्रमा सहभागी हुनबाट रोकेका थिए । असन्तुष्ट पक्षले सहयात्री सङ्गठनहरूलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यास विपरीतको कार्य भएको आरोप…

Read More