Author: Nisha Shrestha

डोटी – डोटी जिल्लाका नौ स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु शिखर नगरपालिकाको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७-७८ को तुलनामा २०७८-७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ । २०७७-७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७हजार रहेको थियो । प्रतिवेदनअनुसार शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कूल बेरुजू…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारूढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन् । तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ आउन लागेको कांग्रेस तनहुँ सभापति जितप्रकाश आलेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार भने प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरी, तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेर एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । पौडेललाई अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन राष्ट्र र जनताको सेवाप्रति गाइडेड हुनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनप्रति केही गुनासाहरू आउने गरेको बताउदै पहुँचवालको कुरा सुन्ने तर गरिब र असाहयले सम्पर्क पनि गर्न नपाउने स्थितिमा फेरबदल गर्नुपर्ने बताए । ‘पहुँच भएका र शक्तिकेन्द्रको कुरा सुन्ने,तिनिहरुले भेटघाट पाउने, तर गरिब असहाय र जनसाधारणले सम्पर्क पनि गर्न स्थितिको पुरै फेरबदल गर्नुपर्छ र एप्रोच नै चेन्ज गनुपर्छ हामीले’, मन्त्री श्रेष्ठको भनाइ छ ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ,…

Read More

काठमाडौँ – सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताए । ‘पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिम निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको छ । हरेक वर्ष सुस्ता र गण्डकको बाढीका कारण हजारौँ परिवारको खेत डुबानमा पर्छ । ठूलो जनधनको क्षति हुन्छ,’ सांसद चौधरीले भने, ‘पाँच दशक पुराना संरचना जीर्णोद्धार गर्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डाका रूपमा उठाइनुपर्छ ।’ सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको पाँच…

Read More

काठमाडौं – अमेरिकी नागरिकले नेपालमा अध्ययन भिसा लिँदा लाग्ने दस्तुर घटाईएको छ । अध्यागमन विभागले अमेरिकी विद्यार्थीसँग यसअघि लिँदै आएको दस्तुरमा दुई सय डलरले घटेको जानकारी दिएको छ । विभागका अनुसार अब अमेरिकाको राहदानी बाहकलाई अध्ययन भिसा जारी गर्दा १६० डलर मात्रै लाग्ने छ । यसअघि भिसा दस्तुर ३६० डलर रहेको थियो । गत फागुन ३० गतेको क्याविनेट बैठकले उक्त निर्णय गरेको र बैशाख १ गतेदेखि लागू भइसकेको विभागले बताइएको छ । विभागका निर्देशक (सूचना अधिकारी) कमलप्रसाद पाण्डेले दुई मुलुकबीचको पारस्परिकताका आधारमा यस्तो निर्णय गरेको बताए । उनका अनुसार यसअघि एक वर्ष अगाडि नै अमेरिकी सरकारले सो मुलुकमा अध्ययनका लागि…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरूलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सङ्घ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् । उनले भने, ‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश सङ्घीय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र…

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले मिटरब्याज पीडितहरू सडक आन्दोलनमा रहेको बताउँदै उनीहरूको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । साथै उनले अहिलेको आर्थिक अवस्थालाई सहयोग पुर्‍याउनका लागि राजश्व सङ्कलन लगायतमा सहयोग पुग्ने किसिमका कार्यहरू गृह मन्त्रालयले गर्ने बताए। नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको अपेक्षा राखेको बताएका छन्। संविधानले नै तोकेका व्यक्तिहरूलाई जतिसक्दो छिटो नागरिकता दिलाउने प्रयास गृह मन्त्रालयले गरिरहेको उनले बताएका छन्।

Read More