Author: Nisha Shrestha

महेन्द्रनगर – नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरूको गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी छ । बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ । शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ । सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सत्तागठबन्धनको बैठक बस्ने तयारी भएको छ । कांग्रेस…

Read More

काठमाडौँ – शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ । मन्त्रालयले आइतबार नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति पनि गठन गरेको हो । समितिको सदस्यमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उपसहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सम्बद्ध निकायका…

Read More

काठमाडौं – नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूलेद पेट्रोलियम पदार्थको मुल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन गरेको छ । भारतबाट पटक पटक पेट्रोलको मुल्य घटेर आएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गरेको हो । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ । पिेट्रोलको मुल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै नेपाल आयोग निगमले मुल्य नघटाउने निर्णय गरेको छ ।

Read More

काठमाडौँ – दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ। नियमित प्रक्रियाअनुसार आज (आइतबार) २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ। दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा Ethiopian Airlines मार्फत काठमाण्डौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो । साथै, उक्त मिसनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरू सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा शनिबार उक्त Airlines मार्फत स्वदेश फर्किसकेको जनसम्पर्क तथा…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्। जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो। विवाद भएपछि आइतबार (आज) अपराह्न ४ बजे जिल्ला कार्यसमिति बैठक बस्ने रास्वपाले जनाएको छ ।

Read More

काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ । जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो । यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए । पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनले यसअघि कांग्रेस नेता डा.शेखर काेइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकाेमा…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ-आफ्ना जिज्ञासा राख्नुभएको थियो । उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,…

Read More