Author: Nisha Shrestha

काठमाडौं — सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्। १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो। शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ। २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

Read More

गुल्मी – गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल हुनुभएको छ । उहाँले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खानुभएको थियो । उहाँले एक हजार नगद पुरस्कार पाउनुभएको छ । त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका हुन् । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए । ‘कांग्रेस संसदको ठूलो दल भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्दा उचित हुने प्रस्ताव नेता सिंहले राख्नुभएको थियो । तर प्रचण्डले देउवाले पहिले…

Read More

दोधारा चाँदनी – पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ । उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र…

Read More

काठमाडौं – काठमाडौंमा सत्ताको खेल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको प्रधानमन्त्री दाबी गर्न दिएको १० पुसको समयसीमा घर्कंदै गएका बेला कसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बहस र छलफल सुरु भएको छ । सत्तागठबन्धनमा आबद्ध दलका नेताहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका छन् । तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दा दलहरूबीच सघन छलफल हुन बाँकी नै छ । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जबर्जस्त रूपमा उदय भएका छन् । यी चारमध्ये जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान चाहेका छन् । रास्वपाले…

Read More

काठमाडौं – नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो । कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिले केही…

Read More

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको…

Read More

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्ने बताएको हो । २०७९ को वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पूरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने कार्यालयले…

Read More

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा भक्तजन आएका छन् । बिहान छ बजेदेखि नै भक्तजन गोकर्णेश्वर क्षेत्रमा पितृका नाममा श्राद्ध गर्न आउन थालेको गोकर्णेश्वर नगरपालिका वडा नं। ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि समितिले विशेष व्यवस्था…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले स्नातोक तह चौथो बर्षको परिक्षाको परिक्षाफल तत्काल प्रकाशन गर्न माग गर्दै त्रिभुवन विश्वविध्यालयमा ध्यानाकरष्ण पत्र बुझाएको छ । त्रि.वि.को वार्षिक क्यालेण्डर अनुसार गत चैत्रमा भएको स्नातक तह चौथो बर्षको परिक्षाको असोजमै हुनुपर्ने नतिजा हालसम्म हुन सकेक‍ छैन । आठ महिनासम्म पनि नतिजा प्रकाशन नहुदाँ बिध्यार्थीहरू अन्योलमा परेका छन । स्नातक तहको परिक्षाफल प्रकाशित नगरि स्नातोकोत्तर तहको भर्ना खोल्दा झनै अन्योलता छाएको छ । त्रि.वि.मा भएको राजनैतिक नियुक्ति र करमचारिहरूको अक्षमताका कारण हुन नसकेको राप्रविसंले आरोप लगाएको छ । राप्रविसंले त्रि.वि.को क्यालेन्डर अनुरुप सप्पुर्ण संकायको परिक्षाफल समयमै सार्वजनिक गर्न…

Read More