Author: Nisha Shrestha

झापा – झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन । डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।

Read More

काठमाडौँ – शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार (हिजो) देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो । विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो । बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एक जना घाइते भएका थिए । यस्तै, बुधवारै…

Read More

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको हो। त्यस्तै, डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ। मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ। अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ। डिजेलको माग बढ्यो भने १५ दिनमा…

Read More

दोधारा चाँदनी – तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन गरिएको छ । उक्त कार्यालयका प्रमुख डा दिलबहादुर विष्टले अहिले तरकारीका लागि नमुना गाउँको काम भइरहेको बताउनुभयो । “बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्र तोकिएको छ र कमैया बस्तीमा तरकारी खेती प्रवद्र्धन कार्यक्रम भनेर काम गरिरहेका छौँ ।” उहाँले भन्नुभयो –“दलित तथा अपाङ्गतालाई पनि समेट्ने गरी कार्यक्रम…

Read More

तुलसीपुर – फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन । बस्ती नजिकै खोला बग्छन् तर खानेपानीको सहज सुविधा छैन । यस्तै पीडाले सताएको छ, राष्ट्रिय निकुञ्जभित्रका गाउँलाई । बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका–७ मलैखोलाबाट दङ्गीशरण गाउँपालिका–१ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीमा यस्तै समस्या छ । यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौँ हिँडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ । पटक–पटक टावर निर्माणका लागि माग गरिए पनि त्यसको सम्बोधन हुन नसकेको…

Read More

पाल्पा – प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् । विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन् । रामपुर नगरपालिका–१० धन्सारका ६४ वर्षीय ज्योतिलाल भण्डारी लगातार निर्वाचन जितेर सत्तामा पुगेका नेतृत्व गाउँ नफर्कदा विकासले बामे सर्न नसकेको बताउनुहुन्छ । पूर्वी पाल्पामा करिव तीन दशकसम्म एउटै राजनैतिक दलले नेतृत्व गर्ने अवसर मतदाताले दिए पनि जनमतको कदर नगरेको उहाँले गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “जनताले विकास चाहने तर…

Read More

सिमकोट – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो । उसो यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौँ कुर्नुपर्छ भने ठूलावडाको भनसुन लगाउनुपर्छ । सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ । यसपल्ट पक्का सडकसँग सिमकोट जोजिन्छ भन्दै हरेक चुनावमा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका–३१ जागृतिनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताउनुभयो ।वाग्मती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझाव दिइएको छ, ती सुझावलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ ।”अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास,…

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका…

Read More

कैलाली – यही मङ्सिर ४ गते हुने निर्वाचनमा सुरक्षाका लागि कैलाली जिल्लामा एक हजार आठ सय १२ जना प्रहरी खटिएका छन् । नेपाल प्रहरीको तर्फबाट एक हजार आठ सय १२ जना र दुई हजार आठ सय १२ जना म्यादी प्रहरी खटाइएको छ । योसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि निर्वाचनको शान्ति सुरक्षाका लागि खटिएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा कैलालीमा निर्वाचनको शान्ति सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । “कैलालीमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन प्रकारका मतदानस्थल रहेका छन्”, जोशीले भन्नुभयो, “त्यसैको आधारमा सुरक्षा व्यवस्था मिलाइएको छ…

Read More