Author: Nisha Shrestha

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वीरबहादुर ठगुन्नाले चारपटक मतदान गरिसक्नुभएको छ । उहाँको पाँच कट्ठा ऐलानी जमीन छ । जग्गाधनी प्रमाण पुर्जा पाउने आशाले मतदान गर्दैआए पनि अहिलेसम्म ठगुन्नाको हातमा लालपुर्जा परेको छैन । त्यसैले उहाँ यसपटक चुनावमा मत खसाल्ने मनस्थितिमा हुनुहुन्न । वर्षौंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको ठगुन्ना बताउनुहुन्छ । “चुनावको बेला नेताहरु जमिन दिन्छौँ, लालपुर्जा दिन्छौँ भन्छन्,” “तर हाम्रो व्यवस्था कहिल्यै हुँदैन, चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन् । चुनावमा आफूहरुलाई नेताले मतका लागि मात्रै आश्वासन दिन गरेका छन् ।” उहाँ भन्नुहुन्छ, “यसपटक पनि नेताहरु आएर आश्वासन दिइरहेका छन्, तर अहिलेसम्म केही…

Read More

पश्चिम नवलपरासी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गर्नुभयो । पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताउनुभयो । पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहनुभएको छ । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।

Read More

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । सत्तारुढ गठबन्धनले मंगलबार सुर्खेतको मेहेलकुनामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ,’ उनले भने,‘ गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए । उनले अब ओलीसँग सहकार्य नहुने पनि जानकारी…

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले यात्रुको सङ्ख्या बढेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान नहुने भएको छ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । “चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा…

Read More

नवलपरासी – नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भन्नुभयो, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ । “हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन”, गुरुङले गुनासो गर्नुभयो । स्थानीय ५३ वर्षे चोलमाया…

Read More

बर्दिया – आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर विक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत हुनुहुन्थ्यो । आफूले सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको उहाँ बताउनुहुन्छ । सुकुम्वासी नेताका रुपमा परिचित नेकपा ९माले०का भक्तबहादुर विक यसपटक चुनावी मैदानमा उत्रिनुभएको छ। गरिब र सर्वहारा…

Read More

काभ्रे – जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । “सामान्य भनिएका केन्द्रमा पनि घटना हुने गर्छन्, सामान्यतया भौगोलिक विकट्तालाई संवेदनशील मानिन्छ” पाण्डेले भन्नुभयो । प्रजिअ पाण्डेका अनुसार संवेदनशील ठानिएका केन्द्रमा आवश्यक सुरक्षाकर्मीको…

Read More

पर्वत – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका मतदान अधिकृतका रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ । विवरणअनुसार कुश्मा नगरपालिका–३ को काफलचौर मावि ९ग० केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि ९ख० केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ । युवा वर्ष आधारभूत विद्यालय ९ख० केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट…

Read More

बाँके – भारतसँग जोडिएको बाँकेको सीमावर्ती क्षेत्रका मतदाताले भरपर्दो सुरक्षा व्यवस्थाको माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत माग्दै आउने उम्मेदवारसमक्ष बाँके क्षेत्र नं २ मा पर्ने सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाह क्षेत्रका मतदाताले विकासभन्दा सुरक्षा व्यवस्थाको माग गर्ने गरेका छन् । भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैँ जोखिममा बस्नुपरेको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाका कैलाश यादवले बताउनुभयो । उहाँले भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना र भन्सार छलेर हुने तस्करीले असुरक्षा बढ्दै गएको बताउनुभयो । “सीमावर्ती गाउँमा चोरी, तस्करी र लुटपाटका घटना भइरहन्छन्”, उहाँले भन्नुभयो, “गोठमा बाँधेर राखिएका चौपाया र पार्किङमा…

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो । उनले भने, ‘मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदान पश्चात् मतपेटिका सिल गर्ने…

Read More