Author: Nisha Shrestha

कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कमल प्रसाद भट्टराई को नेतृत्वमा १२ सदसिय कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएका छन । संगठनका सदस्य सचिव मदन शाही प्रमुख अतिथि र सुदुरपश्चिम प्रदेश संयोजक दिपेश शाही विशेष अतिथि रहेको सो कार्यक्रममा सयौ विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ । पार्टीको निर्णयविपरीत उम्मेदवारी दिइसकेका उम्मेदवारहरुले उम्मेदवारी निष्क्रिय पारे उनीहरूमाथिको कारबाही फिर्ता लिने कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँग देशभर गठबन्धन गरेको कांग्रेसले बुधबारै पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गर्ने निर्णय गरिसकेको छ । तर यदि कोही विद्रोही उम्मेदवारले अझै पनि विद्रोही उम्मेदवारी निष्क्रिय पारेको अवस्थमा उनीहरुमाथिको कारवाही फिर्ता गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारी निष्क्रिय पार्नका लागि असोज ३१ गतेसम्मको समय दिएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो । ‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।

Read More

डडेल्धुरा – रासनमा हुने घोटलाको सूचना मिडियासम्म पुगाएको आरोप खेपिरहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ नम्बर गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको भन्दै जन्मकैदको मागसहित मुद्दा खेपिरहेका शाहुले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका हुन्। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डिआइजी दुर्गाप्रसाद भट्टराइले शाहुले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको पुष्टि गरे। ‘मुद्वाबाट हवल्दार शाहुले सफाइ पाएका छन्,’ डिआइजी भट्टराइले भने, ‘विभागिक कारबाही भने अझै पनि हुनसक्छ।’ ४४ नम्बर गणका तत्कालिन गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्ट मातहतका…

Read More

काठमाडौँ – माओवादी केन्द्रको बलियो पकड रहेको रुकुम पश्चिममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा उम्मेदवार बनेका छन् । अपराजित रहँदै आएका शर्मालाई यस पटक पाँच जनाले चुनावी मैदानमा चुनौती दिएका छन् । त्यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् । यस्तै, राप्रपाबाट दीपककुमार मल्ल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन उम्मेदवार छन् । त्यहाँ तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् ।

Read More

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफले २७ रनको सामान्य लक्ष्य १४ बलमै पूरा गरेको हो । एपीएफको तर्फबाट सीताराना मगरले ५ बलमा २ चौका प्रहारसहित १२ रन र इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडेका थिए । गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सृष्टि…

Read More

काठमाडौँ – नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

Read More

काठमाडौँ – नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति भएको आरोप लगाएका छन् । आज बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम(लोकतान्त्रिक गठबन्धनले प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा।भट्टराईले यस्तो बताएका हुन् । नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उने भने,’स्वतन्त्र उम्मेदवारी, लोकतन्त्रविरोधी प्रवृत्ति हो ।’ साथै, भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वामऔलोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको उनले बताएका हुन् । उनले अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार…

Read More

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सवोच्च अदालतमा रिट दायर गरेका हुन् । नैतिक पतनका मुद्धा खेपेका विजय कुमार गच्छेदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरि पाउँ भनी अधिवक्ता आचार्यले रिट दायर गरेका हुन् । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा सदस्यमा बिजय कुमार गच्छेदारलाई उम्मेदवार बनाएको छ । तनहुको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा गोबिन्दराज…

Read More

काठमाडौँ – नेकपा एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् । रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी…

Read More