Author: Nisha Shrestha

काठमाडौँ – एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ ।  गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् । ‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराए । विश्वभर छरिएर रहेका नेपालीको हक, हित र अधिकारको संरक्षण र सम्बद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै…

Read More

काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ । माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेकी छन् । यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ…

Read More

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् । भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । यसका लागि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूलाई भेट्दैछन् । गठबन्धनमा आबद्ध दलका नेताहरूको पनि जसपाका मन्त्रीहरूलाई हटाउनुपर्नेमा जोड छ । सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरू तत्काल राजीनामा दिने मुडमा छैनन् । प्रधानमन्त्रीले मन्त्रीहरू हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने…

Read More

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जबाफ बुझाएका छन्। देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी आरजु राणा देउवामार्फत उजुरीको जबाफ बुझाएका हुन्। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जबाफ आएको जानकारी दिए। ‘नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरकफरक रहेको भन्दै उजुरी परेको थियो,’ उनले भने, ‘२ बजेसम्म जबाफ दिने समय तोकिएकोमा दुई घण्टा अगाडि नै जबाफ आइसकेको छ। छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौं।’ उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ। देउवा पत्नी आरजुले प्रमाणका रुपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छिन्। यस्तै नागरिकताअनुसार नै निर्वाचन…

Read More

काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन्। अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्। उनको उपचारमा संलग्न डाक्टर निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको बताए। ‘स्वास्थ्यमा क्रमिक सुधार भएपछि आज हामीले उहाँलाई डिस्चार्ज गरेका छौँ,अब उहाँ शितल निवासमा नै गएर आराम गर्नुहुन्छु, डा, बमले भने। गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन। परिक्षणको क्रममा उनलाई कोभिड १९ पुष्टि भएको थियो। हाल उनमा ज्वरो खोकी लगायतका समस्या कम भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। चिकित्सकहरूले अब शितल…

Read More

पर्वत– व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढ्ने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए। गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उनको भनाइ छ । ‘मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ’, अध्यक्ष कुवँरले भने, ‘कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नु हुनेछ । अर्का कृषक तोयराज कुँवरले भने, ‘यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिनसक्ने आशमा छु’, उनले भने। परम्परागत तरिकाले मकै र…

Read More

लन्डन– नेपाल सरकारले ११ अक्टुबरलाई एनआरएनए डेको रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ । एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । मंगलबार होटल याक एण्ड यतीमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका…

Read More

काठमाडौं– शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । १२ देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहने छ । प्रतियोगितामा फिडेमास्टर विलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ । पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका विलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाइसकेका खेलाडी हुन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका छन् ।

Read More