Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । झापा–५ मा एमाले अध्यक्ष ओलीका अतिरिक्त नेपाली काँग्रेसका खगेन्द्र अधिकारी, जसपा नेपालका ओममाया आङदेम्बे, नेमकिपाका रुद्रप्रसाद दाहाल, लोसपा नेपालका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुँडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली काँग्रेस (बिपी) का शेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार…

Read More

धादिङ – डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ । धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै…

Read More

काठमाडौँ – सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने बताएको हो । ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ । अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ । दुई केजी तौलभन्दा…

Read More

काठमाडौँ – सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक योजनाहरु ल्याएको छ । क्यापिटलले डिम्याट खाता निशुल्क खोल्नेदेखि लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्नेसम्मको योजना ल्याएको हो । सो योजना अन्तर्गत क्यापिटलले १० जना व्यक्तिहरुलाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गरिदिने छ । सिद्धार्थ एसआईपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका एक सय वटा इकाइहरू प्रदान गरिदिने छ । र, लगानी व्यवस्थापन सेवा प्राप्त गर्ने ग्राहकहरूलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गरिदिने क्यापिटलले जनाएको छ । त्यस्तै, क्यापिटलले स्नाक्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी अनुसन्धान मुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका छन्। अर्थसचिव कृष्णहरि पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका पुगेका हुन्। विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनीहरु अमेरिका पुगेका हुन्। अमेरिकाकाको डल्लास विमानस्थलमा उनीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गरेका थिए। यी दुई संस्थाले आयोजना गर्ने यो वार्षिक गोष्ठी हो। उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ। शर्मा अर्थ मन्त्रालयमा फर्किएपछिको यो दोस्रो विदेश भ्रमण हो। यसअघि पनि उनी दक्षिण कोरिया भ्रमणमा गएका थिए। कोरियामा भएको हरित जलवायु कोषको विश्वव्यापी सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका…

Read More

जुम्ला – एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु जानकारी दिए । उनले भने, “गुठीचौर र हिमा गाउँपालिका एक/एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै ६ जना अझै बेपत्ता छन् । सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ । जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ…

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ। उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्। नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उम्मेदवारीविरुद्ध…

Read More

काठमाडौं – नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

Read More

काठमाडौँ – काठमाडौँ-१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्रमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यस अनुसार माओवादी नेता अञ्जना विशंखे उम्मेदवार बनेकी छन् । तर नेपाली कांग्रेसका नेता राजन केसीले पनि उम्मेदवारी दिएका छन् । यहाँका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये काँग्रेस र मओवादीले एक-एक वटा लिने सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलीप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले…

Read More

काठमाडौँ – गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकहरूलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको जिकिरसमेत गरे । मंगलवार काठमाडौँमा आयोजित गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर नागरिकता…

Read More