Author: Nisha Shrestha

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न…

Read More

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन्। अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरूलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।

Read More

महेन्द्रनगर – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आसन्न चुनावमा उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीको भागमा पर्दा प्रदेशसभा (१) कांग्रेस र प्रदेश सभा (२) क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन्। तर, भट्टले टिकट पाएनन् । माओवादी केन्द्रको भागमा परेको क्षेत्रबाट शिवसिंह वलीले टिकट पाएका छन् । वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।

Read More

काठमाडौँ: दशैं बिदा पछ्यात आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ। असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुलेको नेप्सेले जनाएको छ। नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेकाे थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेकाे छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले काठमाडौँ–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ। गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन्। रुपन्देही–१ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौँ–२ मा टिकट दिइएको हो। माओवादीबाट स्थानीय कृष्णराज सुवेदी बलिया दाबेदार भए पनि अन्ततस् उनलाई पार्टीले टिकट दिएन। यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जित्दै आए पनि उनी सुरक्षित क्षेत्र खोज्दै रौटहट(–१ पुगेका छन्। काठमाडौँ–२ मा एमालेले मणिराम फुयाललाई टिकट दिइसकेको छ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर चार बाटै उम्मेदवार बन्ने भएका छन्। थापा सर्लाहीबाट उम्मेदवार हुने भन्दै प्रचार गरिएपछि सचिवालयले त्यसको खण्डन गरेको छ। थापाको सचिवालयले भनेको छ, ‘आफ्नो ठाउँ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने। यो ठाउँ छोडेर अन्त जाने कुरा न सोच्न सकिन्छ, न त सोचिन्छ नै हल्लाको पछि नलागौँ।’ थापालाई क्षेत्रीय समितिले सर्लाहीको क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो। त्यस क्षेत्रबाट यसअघि अमरेशकुमार सिंह निर्वाचित भएका थिए।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाएनन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो । यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो । त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।…

Read More

काठमाडौँ – भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरू प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् । पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पुरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन् । अछाम १ बाट रावलको नाम एकल रूपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् ।…

Read More

कञ्चनपुर – भिमदत्त नगरपालिका-४ चम्मन चोकमा म.१ प ६२७२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ । सु.प.प्र.०२-००१ ख ११६१ नम्बरको बसमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ तिलाचौर बस्ने २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति भएको छ । आज शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सिट तालमेल गरेर सहकार्य गर्ने सम्बन्धमा सहमति भएको हो ।

Read More