Author: Nisha Shrestha

काठमाडौँ – सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ। शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए। उनले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच ०७९-६-८ गते सम्पन्न सहमतिपत्र अनुमोदन गरी कार्यान्वयन गर्ने, फिलिपिन्सको मनिलामा आयोजना हुने लिडरसिप फोरम एन्ड साइनिङ शिरोमणि अफ कमिटमेन्ट लेटर स्टेन्थिनी पर्फमेन्स अडिट क्यापसिटी इन एसिया…

Read More

काठमाडौं – एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

Read More

काठमाडौं – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुभएको छ । साथै उहाँले साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन समेत गर्नुभएको छ । ​निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनुपर्ने बताउनुभयो । निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु…

Read More

काठमाडौं– मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् । केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका थिए ।

Read More

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढेको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्‍याएकामा उनी निकै चिन्तित छन् । ‘लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ’, उनले भने, ‘धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।’ वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उनले बताए। उनले भने, ‘निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आँउछन्, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।’ धानबाली भित्र्याउन पाए वर्षभरिका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उनले बताए । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र…

Read More

कालिकोट – कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ । विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । ‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट हटाएको छ । एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्कासन गरेका हुन् । पाठकले केन्द्रको निर्देशनअनुसार उनीहरूलाई हटाएको बुझिएको छ । सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क)साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

Read More

रौतहट – सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने,…

Read More

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा पक्राउ परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।

Read More