Author: Nisha Shrestha

काठमाडौँ – गोरखाको कालिका मन्दिरमा रहेको दशैं घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए । मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र…

Read More

काठमाडौँ – नेपाली काँग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् । बैठकमा सहभागी एक नेताका अनुसार अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने विषयमा छलफल भइरहेको छ । शेखर पक्षलाई प्रत्यक्ष तथा समानुपातिकमा ४० प्रतिशत उम्मेदवार…

Read More

काठमाडौँ – सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् । यस्तै, प्रदेश १ मा ७५३,…

Read More

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्। घटस्थापनामा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीको रेसभन्दा आर्थिक विकास र समृद्धिलाई आफूले पहिलो प्राथमिकता राखेको बताए। ‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ उनले भने, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’ उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए।

Read More

डडेल्धुरा – नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर आफ्नो निर्वाचन क्षेत्र डोटी छोड्न तयार भइसकेका छन् । काँग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुको लामो कसरतपछि उनी डोटी छोड्न तयार भएका थिए। डोटी गृहजिल्ला भएका बलायरको घर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि छ। त्यसैले बलायर डोटी छाडेर कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्न तयार भएको काँग्रेस नेताहरु बताउँछन् । डोटीमा पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आले चुनाव लड्ने लगभग तय भएको बताइएको छ। यसअघि स्थानीय तहमा काँग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए । तर अहिले भने कैलाली ४…

Read More

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय दबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाउको छ।

Read More

काठमाडौं – इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपिओ बाँडफाँट असोज ९ गते आईतबार बिक्री प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो । सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट www.https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।

Read More

महेन्द्रनगर – प्रदेश लोकसेवा आयोगले सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराले वार्षिक प्रतिवेदन पेस गरेका हुन् । आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै प्रदेश प्रमुख देवराज जोशीले आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिए। लोकसेवा आयोगका अध्यक्ष बोहराले आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर अघि बढेको जानकारी दिए। उनले सुदूरपश्चिम प्रदेश सभा बैठकबाट ‘प्रदेश लोकसेवा आयोग विधेयक २०७६’ पारित भएपछि आयोगलाई काम गर्न सहज भएको बताए। अध्यक्ष बोहराले आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवातर्फको चौथो तह प्राविधिक पद, प्रदेश सरकारअन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिलगायतका परीक्षा पूरा गरेको बताए। प्रतिवेदनमा वन सेवा, जनरल…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ क्यानडा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका हुन्। क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछ। सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनेछन्। साथै, उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउनेछन्। महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन…

Read More

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आफू आईसोलेसनमा बसेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध परेको उजुरीका कारण मानसिक र शारिरीक रुपमा अशक्त भएको बताउँदै अहिले आईसोलेसनमा बसेको र आफू सकेसम्म छिटो नेपाल आएर आफूमाथि लागेको आरोपको कानुनी उपचार खोज्ने बताएका छन् । उनले अगाडी लेखेका छन् -१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले…

Read More