Author: Nisha Shrestha

काठमाडौँ – कालिकोटको तिलगुफा गाउँपालिका ४ मा मलामी गएका १३ जना पहिरोले बगाएर खोलामा बेपत्ता भएका छन् । आइतबार सोहि पालिकाको राचुलीमा मलामी गएका मध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता तथा एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरु मलामी जानुभाथ्यो । दाहसंस्कार गरिरहेका बेला माथिबाट पहिरो झरेर खोलामा बेपत्ता हुनुभएको छ ।’ प्रवक्ता श्रेष्ठले संसारन्युजसँग भने । श्रेष्ठले खोजी कार्यका लागि स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन जुम्लाको टोली घटनास्थलमा पुगेको बताए । श्रेष्ठका अनुसार वर्षाका कारण धेरै ठाउँमा बाटो बन्द भएपछि उद्धारका लागि कठिनाई भएको छ । ‘गाँडीमा जान सकिदैन, पैदल जानुपर्छ ।…

Read More

काठमाडौँ – निर्वाचन आयोगले झन्डै १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाई जरिवानामा परेकाहरूले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् । जरिवाना नबुझाई उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका ती उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने पौड्यालले बताए । त्यस्ता…

Read More

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ । कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रूपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ । नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता…

Read More

काठमाडौं – बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेकाअनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । यसको एक महिनापछि २० असोजमा पक्राउ परेका हुन् । सोमबार हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले…

Read More

अतरिया – अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सावारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहाडी सात जिल्ला जोड्ने अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।

Read More

चितवन- चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उम्मेदवारी परेको छ । चितवन १ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाै जनाको उम्मेदवारी परेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । प्रदेश सभा सदस्यतर्फ…

Read More

काठमाडौं – बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो। अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

Read More

अतरिया – लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए । अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ ।

Read More

एजेन्सी – भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए । उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् । विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए । उनी बहालवाल सांसद पनि थिए । तर, उनी…

Read More

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो । दसैँपछि एकै पटक आइतबार खुलेको बजारमा ३ हजार रुपैयाँले बढेर सुनको मूल्य ९६ हजार रुपैयाँमा पुगेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ…

Read More