Author: Nisha Shrestha

काठमाडौं – दुई दशक अगाडी निकै चर्चा कमाएको टेलि सिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ । वरिष्ठ हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया , सबिन शाक्य , मंजु श्रेष्ठ लगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु जयनन्द लामा , लक्ष्मी भुषाल , निरन्जन अर्याल,रमेश अधिकारी ,कमला रेग्मी ,रिचा शर्मा , रिमा बिश्वकर्मा , दिव्यदेव पन्त , के के अधिकारी ,साकार पन्त ,अनुष्का अधिकारी ,जेविका कार्की , विनायक कुइकेलआदिको जोडदार भूमिकामा रहेको छ । पन्त फ्लिम प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा साकार पन्तको निर्देशन , छायांकनमा रवि सायमी , सम्पादन / कलर…

Read More

काठमाडौँ- गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा यही १० अक्टोबरदेखि १२ अक्टोबरसम्म”Trust for Building” नाराका साथ सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा समापन गरियो । कार्यक्रममा माननीय गृहमन्त्री बालकृष्ण खाँड लगायत विभिन्न रााजनीतिक दलका प्रतिनिधिहरु विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत ५० भन्दा बढी देशका प्रतिनिधिहरुको (भौतिक र भर्चुअल माध्यमबाट) सहभागी रह्यो । गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभामा संघका कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, महासचिवबाट प्रस्तुत सांगठनिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भयो भने विधान संशोधन सुझाव…

Read More

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग बिदाइ भेट गरेकी छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो । गृहमन्त्री खाँणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाँणले भने , ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’ उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउदै राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी…

Read More

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागी हुनेछन् । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्न तथा चुनावी घोषणापत्रका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको छ ।

Read More

पर्वत – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने भएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो। तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्। यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्। उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो ३ः३० बजे पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको औपचारिक कार्यक्रम हुने रंगशालालाई आकर्षक बनाइएको छ। उद्घाटन सत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी, विद्यार्थी लगायतले विभिन्न डेमो प्रदर्शन गर्ने छन्। उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोलीले मार्च पास सहित सलामी अर्पण गर्ने कार्यक्रम छ। उद्घाटनकै वेलामा कलाकारले सांगीतिक…

Read More

वीरगञ्ज – वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् । वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए । उनका अनुसार विशेष सूचनाको आधारमा रायलाई चरेश सहित पक्राउ गरिएको थियो । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा…

Read More

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दललाई मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ । आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।

Read More

काठमाडौं — बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए। असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन…

Read More

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं। १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक १८ गते…

Read More