Author: Nisha Shrestha

दार्चुला – दार्चुलामा एक बालिकाको डेंगुबाट मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–४ निवासी ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचारकाक्रममा मृत्यु भएको हो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ की ५ वर्षीया उषा धामीको डेंगुका कारण मृत्यु भएको हो । बालिका २१ गते दिउसो तिर शंकरपुर स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन्। यसअघि उनी भाद्र २० गते जिल्ला अस्पताल दार्चुलामा समेत उपचारका लागि भर्ना भएको शंकरपुर स्वास्थ्य चौकीका मेडिकल अधिकृत निराजन बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल दार्चुलामा उनमा डेङ्गु र स्क्रब टाइफस सक्रमण देखिएको बताइएको छ । अस्पतालका डाक्टरहरुले बालिकामा डेङ्गु…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ- आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आबद्ध दलहरू निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरूले सकेका छैनन् ।

Read More

भक्तपुर – जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपलिका वडा नं. ५ राधे राधे स्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न हुँदै आईरहेका निम्न ब्यक्तिहरुलाई बिभिन्न मितिमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिई “लिखत सम्बन्धि कसुर” मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मनिष श्रेष्‍ठ २० जिल्ला सिन्धुली दुधौली न.पा. ११ टाँडीका हाल काठमाडौं रहेका छन् भने अर्का अभियुक्त मनिष लामिछाने २० जिल्ला सिन्धुली दुधौली न.पा.…

Read More

काठमाडौँ – राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाएका हुन्। चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो । जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिएका हुन्।

Read More

काठमाडौँ –  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । एक १७ वर्षीय बालिकाले आफुलाई बलात्कार गरेको भनि महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नभए गठबन्धनको औचित्य सकिने बताएका छन्। पर्साको वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने सवै राजनीतिक दलहरुलाई न्यायोचित तवरले सिट बाँडफाँट नभए सत्ता गठबन्धनको कुनै अर्थ नहुने उल्लेख गरे। उनले भने,‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन। सबै दललाई वीन-वीन हुने गरी अगाडि बढ्नुपर्छ।’ गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए। ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ। यो छलफल र समझदारीको विषय हो। समझदारी गर्दा कहाँ गएर टुंगिन्छ। त्यसलाई स्वीकार गरेरै…

Read More

काठमाडौं – सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा ४ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका–७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै मोरङको रंगेली नगरपालिका–१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला पनि मृत अवस्थामा फेला परेकी छिन्। यता, काठमाडौंको नागार्जुन नगरपालिका–३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय…

Read More

जुम्ला– तातोपानी गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्रका महिलाहरूको पाठेघर शिविरबाट एक सय सात महिलाले स्वास्थ्य परीक्षण गरेका छन् । सो गाउँपालिकामा रहेको लिताकोट स्वास्थ्यचौकीमा पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्दराम चौलागाईँले बताए । सर्वेदय नेपालको आयोजना, इटालियन फाउण्डेशन एफआरएल फेमि फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा रमिता चौलागाईँ नेतृत्वको टिमले पाठेघरको जाँच गरेको अध्यक्ष चौलागाईँले जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्यकर्मी हिमाली खत्री, लक्ष्मी खत्री र साङ्मु तामाङसहितको टोलीले महिलाको पाठेघरको जाँच गरी आवश्यक औषधि र स्वास्थ्य सुझाव दिएका छन्, पाठेघरको जाँच गराउन आएका अधिकांश महिलाको सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, रगत बग्ने र ढाड दुख्नेलगायतका समस्या देखापरेको छ ।’ सर्वेदय नेपालका निर्देशक कमलराज खत्रीले महिलाको प्रजनन स्वास्थ्यको अवस्था पहिचान गरी उपचारमा सहयोग…

Read More

मनाङ– हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना संकलन गरी परीक्षणका लागि पठाइएकामा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार गरिएको केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए । ‘ङावल क्षेत्रको खर्कमा रहेका चौँरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकले भ्यागुते रोगको आशंका गरेकामा पुष्टि भएकाले उपचार पछि अहिले चौँरी मर्ने र बिरामी हुने क्रम नियन्त्रणमा आएको छ’, उनले भने। समुद्र सतहदेखि चार हजार पाँच मिटरको उचाइमा रहेको हिमताल क्षेत्रस्थित चरन खर्कमा…

Read More