Author: Nisha Shrestha

काठमाडौं- आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाईनगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ भदौ १५ गतेबाट निष्कासन भइरहेको छ | यस कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता सेयर आइपीओ जारी गरेको हो | श्रृजनशील लघुवित्तको आइपीओमा आज आइतबार बिहान १०:०९ बजेको पछिल्लो अपडेट अनुसार माग भन्दा ५०.६४ गुणा बढीको आवेदन परेको छ | सीडीएसका अनुसार १ अर्ब ८६ करोड ६६ लाख ९१ हजार रुपैयाँ आवेदन परिसकेको छ | १६ लाख ९० हजार ६३० जनाले १ करोड ८६ लाख ६६ हजार ९१० कित्ताका लागि आवेदन दिईसकेका छन् | जसमा (५ % ) १९…

Read More

काठमाडौँ: नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रवार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Read More

काठमाडौं – बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो । ‘उहाँहरूबीच छलफल जारी छ। आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ स्रोतले भन्यो। आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो। गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ। कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट…

Read More

दोहा – कतारमा आयोजना हुने विश्वकप-२०२२ मा मदिरा बिक्री वितरण हुने भएको छ। फिफा र कतारले अन्ततः विश्वकपमा मदिरा बिक्री गर्ने निर्णय गरेको हो। कतारमा विश्वकपका आयोजकले मुस्लिम बाहुल्य देशका स्टेडियम र फ्यान जोनमा फुटबल प्रशंसकलाई मदिरासहित बियर बिक्री गर्नदिने नीतिलाई अन्तिम रूप दिएको हो। फिफाले शनिबार फ्यानलाई आठ स्टेडियमको कम्पाउन्डभित्र अल्कोहलसहित बुडवेइजर बियर किन्न अनुमति दिइने जनाएको छ। कतारी स्टेडियममा आतिथ्य ग्राहकका लागि च्याम्पेन, वाइन, रक्सी र बियरमा पहुँचको आश्वासन दिने खेल टिकटहरू ‘प्रिमियम पेय पदार्थहरू’ प्रस्ताव गर्ने कर्पोरेट प्याकेज भागको रूपमा फेब्रुअरी २०२१ देखि बिक्रीमा छन्। बुडवेइजर १९८६ देखि विशेष विश्वकप बियर ब्रान्ड भएको छ। मूल कम्पनी एबी इनबेभले…

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। समितिको बैठक यसअघि भदौ १५ र १६ गते बसेको थियो। बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो। महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनस्बयान हुने जानकारी। बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्। प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ। तर जबराले प्रश्नको उत्तर दिनेभन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन्।

Read More

बारा – बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी…

Read More

हेटौंडा – राप्रपा नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा आयोजना गरेको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गर्ने छ ।

Read More

काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन्। शुक्रबार पनि तीर्न जना सङ्क्रमितले ज्यान गुमाएका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ। ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त पनि भएका छन्। यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ । त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Read More