काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक भोलि बस्दै छ । सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको हो । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा…
Author: Nisha Shrestha
काठमाडौँ – पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ । उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
बैतडी – नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा ईश्वर बोहरा, समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको बताइएको छ ।
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। सिन्धुपाल्चोकको हेलम्बु– ३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘अहिलेको समयमा पनि देशका धेरै ठाउँमा थुन्से र डोकोमा हालेर अस्पतालमा लैजाने बाध्यता छ । सुर्तीजन्य पदार्थमा कर बढाई त्यसबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिँदै छ।’
दार्चुल- व्याँस गाउँपालिका–२ को हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलक घाइते भएको आशंका गरिएको छ। व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीका अनुसार दुम्लिङबाट एक दिनको पैदल यात्रामा पुगिने उक्त स्थानमा हिजो साँझ चट्याङ लागेर तीन जना यार्सा संकलक घाइते भएको खबर आएको हो। दुदिवन नजिकको हुम्दुङतीमा उक्त घटना भएको खबरपछि जिल्ला प्रहरी कार्यालयले आज बिहान प्रहरीको टोली उक्त स्थानका लागि पठाएको छ। घटनामा दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोहीँ गाउँपालिका–१ पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती घाइते भएको बताइएको छ। राति ११ बजे सुतिरहेको बेला चट्याङ परेको थियो। ‘तीन जना…
दार्चुला- महाकाली नगरपालिका–५ नमस्कारस्थित महाकाली नदी किनारमा भेटिएको शवको पहिचान खुलेको छ। हिजो बिहान ९ः४० बजे ढुंगामा अडकिएको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार उक्त शव भारत पिथौरागढको तहसिल धारचुलास्थित चौदास बस्ने सोभान वर्माका ३६ वर्षीय छोरा राम लाल वर्माको रहेको खुलेको छ। ‘मृतकका आफन्तजन सम्पर्कमा आउनु भएको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘घरमै बस्ने सामान्य मान्छे हुनुहुदो रैछ, मृत्युको कारण खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’ उक्त शव भारततर्फबाट बगेर आएको हुनसक्ने बताइएको छ।
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए । सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रस्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो । अध्यक्ष नेपालले माओवादी र…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति तरङ्गित भइरहेको बेला ठुला दलका तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता र छलफल भइरहेको छ।
काठमाडौँ – पूर्व गृहमन्त्री बालकृष्ण खाँणले मानव बेचबिखन गिरोहसँग भेटेको स्वीकार गरेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क भएको हो । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ । केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । पक्राउ पर्नुअघि खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका…
काठमाडौं – आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिनुभयो । आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन…