काठमाडौँ – पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ ।
उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
Facebook Comments Box