Author: Nisha Shrestha

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन (ईयू)को प्रतिनिधि मण्डलका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारे छलफल भएको अर्थमन्त्रालयको जनाएको छ । युरोपियन युनियनले गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई सहयोग उपलब्ध गराइरहेको छ । मन्त्री महतले ऊर्जा, भौतिक र पूर्वाधार निर्माणमा युरोपियन युनियनको सहयोग महत्त्वपूर्ण रहेको जनाउँदै थप सहयोग गर्न आग्रह गरे । उनले नेपालले पर्यटकीय क्षेत्रको विकास गर्न चाहेको बताउँदै यसलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष्य मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग…

Read More

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उच्च अदालत पाटनको आदेशपछि आजका लागि तोकिएको चुनाव अनिश्चित कालका लागि रोकिएको बताए । उनले भने, ‘सरकारको निर्देशनमा चुनाव रोकिएको छ । प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुनुहुन्छ । उहाँको निर्देशनमा गृहमन्त्रीले सुरक्षाकर्मीलाई अस्कल क्याम्पसमा पठाएर निर्वाचन स्थगित गर्ने काम गरियो।’ बर्तौलाले भोलि पाटन क्याम्पसमा यस्तै हुने भन्दै आफूनिकट विद्यार्थी हार्ने डरले चुनाव रोक्न सरकार लागिरहेको आरोप पनि लगाए ।

Read More

काठमाडौँ- सांसद गगन थापाले सरकारको न्यूनतम साझा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका सांसद थापाले सरकारका नीति तथा कार्यक्रमहरू सदन चलिरहेका बेला संसद्मा प्रस्तुत गर्ने अनिवार्य अभ्यासका रुपमा स्थापित गर्नुपर्ने बताए । “सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सदनमा प्रस्तुत हुनुपथ्र्यो भनेर आवाज उठेको छ । म पनि त्यही भन्छु,” थापाले भने, “हिजो पनि यसरी नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएर संसद्मा जानकारी गराइएको थिएन । हामीले गलत भयो भन्दा साथीहरूले हैन ठिक थियो भन्नुभयो । अहिले हामी सत्ता पक्षकाहरूले त्यो कुरा ठिक थियो भन्नु हुँदैन । संसद्मा त्यसलाई प्रस्तुत गर्नुपर्छ ।” उनले…

Read More

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् । बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । यस्तै, १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन र पाँच पुरुष बेपत्ता भएकोमा एक पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ । हराउने…

Read More

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएको विषय सम्झेर सधैँ पिरोलिन नहुने बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको ११औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले आफूले बुटवलमा स्थायी राजधानी बनाउन सकेसम्म प्रयास गरे पनि प्रदेश सभाले दाङ निर्णय गरेकाले अब राजधानीको विषय कोट्याएर समय खेर नफाल्न आग्रह गरे । स्थायी राजधानी दाङ भए पनि पूर्वाधार र विकासमा बुटवललाई उछिन्न नसक्ने दाबी गर्दै पौडेलले व्यावसायीहरुलाई निराश नहुन आग्रह गरे । उनले भने, ‘अब राजधानी राजधानी राजधानी भन्न छाडिदिनुस् । सकेसम्म प्रयास गरेको हो तर प्रदेश सभाले निर्णय गरेपछि त्यही कुरा सम्झेर कति दिन पिरोलिने…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस् सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी छन् । उनले भनिन्, ‘यो खेलप्रतिको उदासीनता पनि हो विसङ्गति विकृति र अव्यवस्था हो । खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन । हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उनलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’

Read More

रौतहट – देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । कानुको सट्टामा एसइई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए । “त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले…

Read More

प्युठान – एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट प्युठानमा एक विद्यार्थीको मृत्यु भएको छ । आज शुक्रबार परीक्षा दिएर फर्कने क्रममा बेल्वास मावि तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको हो । विद्यानन्द मावि गोठिवाङ जुडापाटा केन्द्रबाट परीक्षा दिएर फर्किँदै गरेका उनी सवार लु ६६ प ५३४९ नम्बरको मोटरसाइललाई लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका- ४ गोठिवाङमा ठक्कर दिएको थियो । घाइते भएका प्रतीकको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर नगरेको बताएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष केसीले दस दलको तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो बिमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकता लगायतका विषयमा जनमोर्चाको गम्भीर मतदभेद रहेको बताए। त्यसकारण सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको अध्यक्ष केसीले जानकारी दिएका छन्। ‘अघिल्लो पाँच दलीय गठबन्धन सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा पनि हामीले हस्ताक्षर गरेका थिएनौं,’ विज्ञप्तिमा भनिएको छ,‘ अहिले पनि हाम्रो त्यो नीति कायम नै छ।’ हस्ताक्षरका…

Read More