Author: Nisha Shrestha

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले उपनिर्वाचन केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न नहुने बताएका छन् । वैशाख १० गते उपनिर्वाचनका लागि तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दर्ता हुनुअघि उनले सामाजिक सञ्जालमार्फत विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै भट्टराईले उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले पराजित यादव यसपटक बारा-२ बाट उपचुनाव लड्न थालेपछि भट्टराईले आपत्ति जनाएका हुन्। ‘चुनाव केही वर्ष-महिनामा अमूक पार्टी र…

Read More

काठमाडौँ – दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये ५५ अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन…

Read More

चितवन – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनको पुरानो…

Read More

धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसईई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसईइ दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए। उनकाअनुसार फूलबारीकै युवाका एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो। कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरुको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।

Read More

काठमाडौँ – सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलनका लागि फेरि काठमाडौँ आउने भएका छन् । मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो । पाँच बुँदे सम्झौतामा सरकारले मिटरब्याज समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्नेसमेत उल्लेख गरेको छ । तर, यो सम्झौताले मिटर ब्याजको समस्या समाधान नगर्ने बताउँदै पीडितहरूको अर्को टोली आन्दोलनका लागि फेरि काठमाडौँ आउँदै छ । सोमबार बिहान काठमाडौँ आइपुग्ने मिटर ब्याज पीडितले सिंहदरवार, बालुवाटार र संसद भवन अगाडि मार्च पास गर्ने र धर्ना गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आज पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको…

Read More

बारा – जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिटै फेरि संसदमा जान नसक्ने बताएका छन् । आइतबार बारा २ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए । उनले भने, ‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन्। यहाँका जनतालाई सीके राउतलाई भेटौँ भन्नेछ ।…

Read More

काठमाडौँ -नेपाली काँग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ । उपनिर्वाचन हुने तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो । उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । काँग्रेसले बारा-२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । तनहुँ-१ मा काँग्रेसबाट गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। रिट दर्ता गर्नेरनगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालत प्रशासनले जनाएको छ। आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन्। पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो।

Read More

समस्यामा परेका डडेल्धुरावासीलाई एक करोड बढी आर्थिक सहयोग – राम धामी डडेल्धुरा – जापानमा व्यवसाय गर्दै आएका अमरगढी नगरपालिका–४ खलंगा निवासी समाजसेवी विनयप्रकाश मल्ल दुःख परेका बेला गरीबका साहारा बन्न थालेका छन । उनले बिभिन्न विपत्तीमा परेका डडेल्धुराबासीका लागि हालसम्म एक करोड बढि आर्थिक सहयोग गरिसकेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरुले उपचारका लागि, समाजसेवीहरुले बिभिन्न समाजिक कामका लागि र यँहाका सामुदायीक विद्यालयहरुले समेत आर्थिक सहयोग आवश्यक परेमा समावसेवी मल्ललाई सम्झिन्छन । मन्दिर निर्माण, धार्मिक कार्यक्रमदेखि खेलकुद प्रतियोगिता आयोजना गर्न डडेल्धुराबासीले मल्लसँग सहयोगको याचना गर्छन । सहयोग माग्नेलाई निर्धक्क आर्थिक सहयोग गर्ने मल्लको बानीका कारण आर्थिक समस्या…

Read More