Author: Nisha Shrestha

काठमाडौं – सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। उनलाई शहीद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

Read More

कैलाली- टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने अध्यक्ष शाह बताउनुहुन्छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ…

Read More

काठमाडौँ – आज बिहिबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ८.२८ अंकले घटेको छ । आज नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६.७७ को विन्दुमा कायम हुन पुगेको हो। हिजो बुधबार नेप्से ८.३९ अंकले बढेको थियो। आज नेप्से ८.३९ अंकले बढेर १८७५.०७ को विन्दुमा कायम हुन पुगेको थियो। आज नेप्सेमा ९२ कारेड ६ लाख ८६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो । आज सर्वाधिक शिवम् सिमेन्ट्सको ४…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुभएकाले विधान अधिवेशन सारिएको थापाले बताउनुभयो ।

Read More

काठमाडौँ– सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको पहिचान गरी तत्काल समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद राजेन्द्रप्रसाद लिङ्देनले भद्रपुर (झापा) भन्सार कार्यालय र रेलवे कार्यालय झुम्का (सुनसरी) ले स्थानीय जनताको पाँच हजार पाँच सय जग्गा लामोसमयदेखि रोक्का गरेको भन्दै तत्काल उनीहरूलाई मुआब्जा उपलब्ध गराउन माग गरे। सांसद बुद्धिमान तामाङले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको संरक्षण र जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा खरको छानो विस्थापित गरी टिनको छानो…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि सरकारले कुनै काम नगरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरूका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरेका हुन् । विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलङ्का र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने, सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न सक्ने विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि कुनै काम गर्न नसकेको प्रति उनले दुःख पोखे ।

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, ‘नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।’ सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा. महतले सत्ता गठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए । समाजका पदाधिकारीले अर्थमन्त्री डा. महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।

Read More

काठमाडौँ – चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

Read More

काठमाडौँ – माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठक अगाडि सभामुखको अध्यक्षतामा बसेको संसदमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रूपमै यस्तो प्रस्ताव राखेको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै छलफल गरेर विधेयक पारित गर्ने विकल्प अगाडि सारेका हुन् । तर, अन्य दलहरूले माओवादी केन्द्रको प्रस्तावलाई अस्वीकार गरेका छन् । नेकपा एमालेले छिटो पारित गरौँ भन्नेमा सहमति रहेको तर, दफावार छलफल संसदीय समितिमै हुनुपर्ने आफूहरूको प्रस्ट धारणा रहेको बताएको छ । प्रतिनिधिसभामा तीन वटा विधेयक दर्ता…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखा परेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकमा देखा परेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहु आयामिक असर पर्दछ । तसर्थ सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष…

Read More