Author: Nisha Shrestha

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने गरी बिहीबार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार चितवन-२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा-२ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ-१ का जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य नियुक्त भएका छन् । उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम यही चैत १८ गतेदेखि खुल्ने मुख्य निर्वाचन अधिकृतहरूको ती…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

Read More

विराटनगर – कोशी प्रदेश नामाकरणको आन्दोलनका क्रममा घाइतेपछि मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नु पर्ने उनको परिवारले माग गरेको छ । बेलबारी नगरपालिका–२, लालभित्तीका लिम्बुको चैत ५ गते विराटनगरमा भएको पहिचानको आन्दोलनका क्रममा मृत्यु भएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । लिम्बु परिवारले सरकारले शहीद घोषणा गर्नु पर्ने र पदमको छोराको भविष्यको जिम्मेवारी लिनु पर्ने दाबी गरेको छ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेस शेखर कोइराला पक्षले आफूहरूले ३ मन्त्री पाउने पर्ने माग गरेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठक लगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो । उक्त बैठकमा नेता कोइरालाले काँग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट ३ जनाको माग गरेका हुन् ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपाली काँग्रेसका नेता सुनील थापालाई सल्लाहकारमा नियुक्त गरेका हुन् । काँग्रेसका पूर्व सहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् ।

Read More

काठमाडौँ- सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता फेरि बस्ने गरी स्थगित भएको छ । वार्तामा दुवै पक्षले आआफ्नो धारणा राखेका थिए। वार्तामा आन्दोलनकर्मीहरुले राखेको नौबुँदे माग वार्ताटोलीकी संयोजक रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले वार्ता बिहीबार नै फेरि बस्न गरी स्थगित भएको हो।

Read More

काठमाडौँ- राष्ट्रियसभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने अहिलेको अवस्यकता रहेको बताएकी छिन् । आज (बिहीबार)को राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्य पन्तले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएकी हुन् । नयाँ पार्टीबाहेकका पार्टीहरू सबैले सत्ता सञ्चालन गरेको भन्दै उनले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने स्पष्ट पारिन्। उनले सहकारीका कारण जनताहरू मरिराहेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने औल्याइन् ।

Read More

काठमाडौं – ललितपुर मेयर्स कप महिला ट्वान्टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो । आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१ रन बनाइन्…

Read More

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो बारा-२ बाट उपचुनाव लड्ने भएका छन् । बारा-२ बाट महतोलाई उम्मेदवार बनाउने लोसपाले निर्णय गरेको छ । महतो गत चुनावमा सर्लाही-२ मा पराजित भएका थिए । धनुषा-३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए । बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ । ४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित…

Read More

काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा जाने मन्त्री टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने जिम्मा देउवालाई दिएको हो । प्रवक्ता प्रकाशशरण महतका अनुसार १० दलीय गठबन्धनमा ८ मन्त्रालय कांग्रेसको भागमा परेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर पठाउने बताए ।

Read More