Author: Nisha Shrestha

काठमाडौँ – रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महँगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् । विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै सांसद घर्तीले सोधिन्, ‘यसमा सरकारलाई लाज सरम र अप्ठ्यारो लाग्छ कि लाग्दैन ?’ विशेषज्ञ डाक्टरको अनुहार देख्न नपाउने हो भने रोल्पालीलाई परम्परागत धामी झाँक्रीबाट उपचार गर सरकार सक्दैन भन्न पनि घर्तीले आग्रह गरिन् । ‘होइन भने तत्काल ओएनएम सर्वे गरेर विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरी पर्याप्त विशेषज्ञको…

Read More

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरू नडराउन आग्रह गरेका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरू युट्युब र टिकटकमा आउने गरेको बताए । उनले भने, ‘टेलिभिजनहरू युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु । उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरू व्यक्तिगत ढङ्गले चलेका हुन् टेलिभिजनहरू टिमवर्कमा चलेका हुन्छन्, सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’ विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५…

Read More

काठमाडौँ – नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गत साता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो । श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ । सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ । बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याज पीडितहरूलाई सरकारले छलकपट गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका हुन् । उनले भने, ‘नागरिक सधैँ दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौँ धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौँ आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने । कुनै जाली छट्टुले तानाबाना गरेको छलकपट गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने रु जुनसुकै तहमा बिक्री गरेको भए पनि जमिनमाथि किसानको स्वामित्व कायम गर्ने, फर्जी तमसुकको…

Read More

काठमाडौं – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ब्याज पीडितमाथि गरिएको शोषणविरुद्ध केन्द्र, नेपाल राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न एक विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताउनुभयो । “जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्छ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह हुनुपर्दछ”, मुख्यमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, “केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलकोमा स्वागत गर्दछौँ ।” विदेश जान वा…

Read More

दोधारा चाँदनी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताउनुभयो । “यो विश्वकै अति सङ्कटापन्न पन्छी हो”, डगौराले भन्नुभयो, “खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।” उहाँले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिने बताउनुभयो । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उहाँले बताउनुभयो ।…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद झाले सिरहाबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरेका हुन् । ‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह छु,’ उनले भने, ‘मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुपर्‍यो ।’ जारी बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् । मङ्गलवार मिटर ब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको लिङ्देनले बताए । उनले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरूसँग ऐक्यबद्धता व्यक्त गर्न जाँदाखेरि सत्ता पक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो म त्यसको भर्त्सना गर्दछु । म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजा बादी हुने छुट कुनै नागरिकलाई छैन ?…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छिन्। बुधबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै१/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चार मन्त्री शर्माले उस्तो बताएकी हुन। मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर समेत गरिन।

Read More

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ जारी गरेको छ । उक्त कार्यविधि अनुसार कुनै पनि स्टार्टअप व्यवसायीले बिना धितो तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । कम्पनीले आफ्नै व्यवसाय धितोमा राखेर सो ऋण प्राप्त गर्न सक्नेछन् । कोषको रकम मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराउनेछ भने राष्ट्र बैंकले तोकेको वाणिज्य बैंकबाट कम्पनीहरूले सो ऋणको रकम पाउन सक्नेछन् । बैंकले दुई किस्तामा उक्त रकम उपलब्ध गराउनेछ । कार्यविधिमा उल्लेख भएअनुसार ५० लाखसम्मको चुक्तापुँजी भएको स्टार्टअप व्यवसायले मात्र यो ऋणका लागि आवेदन दिन पाउनेछन् । त्यसैगरी कम्पनीको वार्षिक आम्दानी पनि ५० लाख रुपैयाँसम्मको…

Read More