Author: Nisha Shrestha

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा माग गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष माधव नेपालसहितका नेताले सरकारमा सहभागी हुनका लागि तीन मन्त्रालय पाउनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले तीन मन्त्रालय दिन नसकिने जवाफ दिएका छन् । “तीन मन्त्रालय मागिएको हो । धेरै दलहरुलाई मिलाएर लैजानुछ । तीनवटा मन्त्रालय अहिले नै सम्भव छैन भन्नुभयो,” स्रोतले भन्यो, “बेलुका गठबन्धन बैठकमा मन्त्रालयबारे खाका बन्छ । भोलि फेरि बसौँ भन्नुभएको छ ।”

Read More

काठमाडौँ – इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास भएका छन्। मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो । परीक्षा चैत १३ र १४ गते लिइएको थियो । जसमा २८.५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको थियो ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो । सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ८, माओवादीले ५, जसपाले २, एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव छ  । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ ।…

Read More

रामेछाप – रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौँ गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरू…

Read More

टेकसिंह धामी, धनगढी – देशैभर नेकपा एमालेले मिसन ग्रासरुट अभियान चलाइरहेको छ। सोही क्रममा अभियानकै लागि हिजो (सोमवार) नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावलको गृहजिल्लामा वर्तमान उपाध्यक्ष विष्णु पौडेल पुगे। पोडेल अन्य सुदूरपश्चिमका नेताहरु प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्णबहादुर थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारीसहित अछामको साँफेबगर पुगेका थिए। साँफेबगर भीम रावलको गृह क्षेत्रसमेत हो। त्यहाँ विष्णु पौडेल प्रमुख अथिति रहेको पार्टीको आन्तरिक कार्यक्रम भएकाले नेता रावलबारे कसैले केही नबोल्ने सहमति पहिले नै भएको थियो। किनकी संसदीय निर्वाचनताका र त्यसपछिदेखि रावल निकट कार्यकर्ताले अछाममा एमालेको नेतृत्वविरुद्ध गतिविधि तथा नारावाजी समेत गर्दै आएका थिए। रावल तिनै नेता हुन्, जसले चितवनमा…

Read More

कर्णाली – कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारले मन्त्री परिषद्बाट निर्णय गरेर चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राम नवमीका दिन प्रदेशका दसैँ वटा जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने छ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका युवाहरूलाई रिहा गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’ यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए ।…

Read More

काठमाडौँ -नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपरान्ह १२ करिब बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो। बैठकमा सरकारमा कसलाई सहभागि गराउने बारेलगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टीले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ। आज बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटवार्ता गरेका थिए। आजै अपरान्ह ४ बजे सत्तारूढ गठबन्धनका शीर्ष दलहरूबीच छलफल हुँदैछ। मन्त्रिमण्डल बिस्तार गर्न दलहरूबीच कसरत बढेको हो। दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन।

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ । यसअघि सोमबार २०० र आइतबार ६०० रुपैयाँले घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । अध्यक्ष माधव नेपालसहित सम्मानित नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादीले पाउने मन्त्रालयबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् । आजै…

Read More