धनगढी : सल्यान घर भई हाल धनगढीमा रहेकी रचना पौडेल एचआइभी सङ्क्रमित हुन् । सन् २००६ मा समाजमा खुलेकी उनी अहिले निरन्तर औषधी सेवन गरिरहेकी छिन् । सङ्क्रमितको हक हितको लागि राष्ट्रिय एचआइभी एड्स महासङ्घमा रहेर समेत वकालत गरिरहेकी उनी विगत सम्झिँदै भन्छिन्, ‘सुरुवाती चरणमा एड्स लागेको छ भनेर खुल्नै समस्या थियो । त्यो समयमा मैले आट गरेकी थिएँ । त्यतिखेर सबैको ध्यान एड्स रोग खोज तथा रोकथाममा थियो । मैले त्यतिखेर सबैको सहयोग पाएँ । विभिन्न सङ्घ संस्थामा रहेर काम पनि गरें । गोदावरी, मालाखेती लगायतका क्षेत्रका सङ्क्रमितको हक हितका लागि काम गरे । बिस्तारै सङ्घ संस्थाहरूको कार्य समय…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: केही समयअघि नेपालमा रास्वपाका सभापति तथा तत्कालीन बहालवाला गृहमन्त्री रबि लामिछाने दोहोरो नागरिकता प्रकरणमा तानिएका थिए। उनको नागरिकता विवादपछि उजुरी परेको थियो। त्यसपछि उनले तत्कालीन अवस्थामा गृहमन्त्रीसहित भएभरका पार्टी सभापति समेतका पदबाट हात धुनु परेको थियो। त्यसपछि उनले नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्ती गरेर मात्रै पार्टीको हालको जिम्मेवारीमा फर्किएका हुन्। त्यो त उनको नेपालको नागरिकता पुनः प्राप्तिको मामिला थियो। तर हालै सुदूर नेपालमा भने प्रदेशकै २ जिल्लाबाट फरकफरक नागरिकता लिएको घटना सार्वजनिक भएको छ। पहिले बैतडी र अहिले महेन्द्रनगर बस्दै आएकी किस्मतीदेबी चन्दले यस्तो कारनामा गरेको भेटिएको हो। उनको नाममा जिल्ला प्रहरी कार्यालय कंचनपुरमा उजुरी परेपछि यो तथ्य…
धनगढी: मंगलबार बझाङमा जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह र उनकी पत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टी गरिने भएको छ। शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टी गरिने जनाइएको छ। मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिबार) आज अन्त्येष्टी गरिन लागिएको हो। अन्तिम श्रद्धाञ्जली दिन काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेय, परराष्ट्र मन्त्री एनपी साउद,सुदूर पश्चिमका मुख्य मन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री तथा सांसदहरु बझाङ पुग्दैछन्। डडेल्धुराबाट गृह…
आर.एस भट्ट, काठमाण्डौंः सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराका हर्केश विष्ट नेपाल प्रहरीका सहायक हवल्दार हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत विष्ट पछिल्लो १० महिना यता अस्पतालको बेडमा छन्। विष्ट गत असोज ७ गते सधैं जसो कार्यालयको काम सकेर घर फर्किने क्रममा थिए। तर त्यो दिन उनका लागि जीवनकै कालो दिन थियो भन्दा फरक नपर्ला। कैलालीको धनगढीमा बस्दै आएका विष्ट २०७९ असोज ७ गते घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परे। हुन त कुनै पनि दुर्घटना सामान्य हुँदैन। तर विष्ट र उनको परिवारका लागि त्यो दुर्घटना कुनै विश्वयुद्ध भन्दा कम छैन। दुर्घटनामा परेका विष्टको टाउकोमा चोट लाग्यो। चोट मात्रै होइन सोही दुर्घटनाका कारण…
डडेल्धुरा: सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो। अहिले प्रशासनिक भवन निर्माण, छात्रावासलगायतका संरचना निमार्णका लागि डिपिआर निमार्णको काम भइरहेको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए। ‘बोलपत्र आह्वान गरेर डिपिआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ,’ उपकुलपति जोशीले भने, ‘हामीले यसै शैक्षिक शत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी काम गरिरहेका छौँ।’ विश्वविद्यालयले अहिले पाठ्यक्रम निमार्णको काम…
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका हाकिम डिआइजी भरतबहादुर बोहराले चर्चित निर्मला बलात्कारपछि हत्या प्रकरण अहिले पनि प्रहरीको प्राथमिकतामै रहेको बताएका छन्। उनले अहिले पनि प्रहरीले निर्मला हत्यापछि बलात्कार प्रकरणलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताएका हुन्। उनले प्रहरी अहिले पनि महेन्द्रनगरमै रहेर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘अहिले पनि प्रहरी यहीँ छ। प्रहरी आफ्नो हिसाबले निर्मला प्रकरणमा काम गरिरहेको छ।’ यस्तै डिआइजी बोहराले निर्मला प्रकरणलाई आफूले पनि प्राथमिकतामा राखेको जनाउँदै अनुसन्धान चलिरहेको बताए। उनले थपे, ‘त्यो प्रकरण हाम्रो प्राथमिकता मै छ। मैले पनि त्या गएर भनेको छु। अनुसन्धान चलि नै रहेको छ। हामी चाडैं टुंगो लगाउछौ।’ हालसम्म विभिन्न समयमा गरी एक दर्जन…
काठमाडाैं : एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो । आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो । चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे…
शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्नेबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खुशी देखिन्थे जबकि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा मंगलबार साँझ प्रचण्ड अलि दबाबमा देखिन्थे । ‘मलाई त एकचोटि त बिग्रन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो’ उनले नेपाली पत्रकारसँग गफिनेक्रममा भने, ‘एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु वातावरण बनाउन ।’ प्रधानमन्त्री प्रचण्डले मोदीसँग भएको धेरै कुरा नेपालमै गएर सुनाउने बताए । ‘फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला’ उनले भने, ‘तीनचोटी मेरो वान टु वान भयो…