धनगढी: रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ। आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा आफ्नो मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिए। उनका अनुसार यहीँ साता उनको पार्टी सरकारमा सहभागी हुनेछ। यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। ‘सरकारमा सहभागी हुने कुरा भएको छ तर पार्टीको बैठक बसेको छैन। बैठकबाट औपचारिक निर्णय गर्न बाँकी छ। चाडै बैठक बस्ने सल्लाह भएको छ, ‘पण्डितले भने। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गत जेठमा मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा नाउपा…
Author: टेकसिंह धामी
धनगढी: नेकपा (एमाले) ले पार्टीका पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलसँग एक चरणमा जिम्मेवारी दिने भन्दै वार्ता गरेको थियो। त्यो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक गरिएपनी दोस्रो चरणको वार्ता अथवा रावललाई जिम्मेवारी दिने कुराको टुंगो भने लागेको छैन। एमालेको १० औं महाधिवेशनपछि पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावल अहिले पार्टीमा निष्क्रियजस्तै अवस्थामा छन्।बेलाबखत रावलले एमाले पार्टी नै छोड्ने चर्चा चले पनि उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुगाएको भन्दै एमालेमै बस्ने बताउँदै आएका छन्। सोही क्रममा केही समय अगाडि एमालेले चलाएको मिसन ग्रास रुट अभियानका क्रममा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए। अछाममा उनले रावलको आलोचना गरेपछि सभामै रावलका…
धनगढी: कैलालीस्थित कारागारमा हिजो (शुक्रबार) अनुगमन गरिएको छ। काठमाडौंबाट आएको कारागार व्यवस्थापन विभागका कर्मचारीहरुको टोलि, जेलर र जिल्ला प्रहरी कार्यालय कैलालीका अधिकारीहरुले अनुगमन गरेका हुन्। अनुगमनका क्रममा कारागारभित्र कैदीहरुले प्रयोग गर्दै आएका विभिन्न कम्पनीका अवैध १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको सुरक्षा स्रोतले जनाएको छ। यसअघि कैलाली कारागारमा मदिरा र लागुऔषधको खुलेआम कारोबार तथा सेवन हुने गरेको, जेलरको लापरबाही र घुस प्रकरण लगायतका विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। उक्त समाचारपछि कारागार व्यवस्थापन विभागले अनुगमन, अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि…
धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह धर्म पत्नी अमृतासहित सोमबार धनगढीबाट गृह जिल्ला बझाङका लागि हिँडे। ६ जेठमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएर पद बहाली गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रमण तालिका स्वीकृत गराएर गृह जिल्लातर्फ लागेका थिए। मन्त्रालयका नायब सुब्बा स्तरका एकजना कर्मचारी र निजी सचिवालयका कर्मचारी समेत लिएर हिडेका मन्त्री सिंह सोमबार साँझ डडेल्धुराको राइनो होटलमा बसेका थिए। सुरक्षा स्रोतकाअनुसार डडेल्धुरामा बास बसेको होटलमै कार्यकर्ता भेटघाट गरेका मन्त्री सिंहले कुनै औपचारिक कार्यक्रममा भाग भने लिएनन्। भ्रमण टोलीमा संलग्न कर्मचारी र परिवारका सदस्यसहित बिहान साढे ८ बजे उनी मंगलबार डडेल्धुराबाट सुपप्र ०१–००१ झ…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेट अन्तरगत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले उक्त पुस्तक ‘रातो किताब’ सार्वजनिक गरेको हो। तर, रातो किताब सार्वजनिक भएपछि सत्ता पक्षकै प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन्। अहिले सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त सरकार छ। बजेटमाथिको छलफल सुरु नहुँदै रातो किताबको आलोचना र अर्थमन्त्री नरेशकुमार शाही एवं सरकारप्रति प्रदेश सभा सदस्यहरुले आक्रोश पोख्न थालेका हुन्। विशेषगरि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक मानबहादुर धामीसहितका प्रदेश सभा सदस्यले सामाजिक संजालमार्फत बजेट र रातो किताबको खरो विरोध गरेका…
धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा २ महिने शिशुको निधन भएको छ। अस्ति बिहीबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का २ महिने शिशु बसन्त धामीको सेतीमा देहान्त भएको हो। उनका बुबा हरिश धामीका अनुसार उनको अस्पताल र डाक्टरका लापरबाहीका कारण ज्यान गएको हो। हाल वैदेशिक रोजगारीको सिलसिलामा कुबेत भन्ने देशमा रहेका धामीले आफ्नो छोराको डाक्टर र अस्पतालको लापरबाहीकै कारण ज्यान गएको आरोप लगाए। उनका अनुसार करिब १० दिनअघि बसन्तलाई आफन्तले सामान्य खोकी लागेको भन्दै सेती अस्पतालमा जचाँउन ल्याएका थिए। खोकी लागेको २ दिनमै बसन्तलाई धनगढी ल्याएर सेतीमा भर्ना गरिएको थियो। त्यसपछि अस्पतालले ८ दिनसम्म सामान्य वार्डमा राखेर उपचार सेवा प्रदान गरेको थियो। त्यतिन्जेल…
धनगढीः कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले घुस खाएको आरोप लागेको छ। करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग जेलर तिमल्सिनाले घुस मागेको आरोप लागेको हो। यहीँ जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर कैलाली कारागारको चौकीदारसमेत रहेका गुप्तालाई जेलर तिमल्सिनाले बोलाएका थिए। कारागारको विशेष स्रोतका अनुसार आउटडोर निरन्जन शाहीमार्फत जेलर तिमल्सिनाले गुप्तालाई बोलाएर तेरो सरुवा हुदैछ, रोक्नपर्ने भए २ लाख दिनुपर्छ भनेका थिए। त्यसपछि त्यो डिलअनुसार आफ्ना म्यादी (सहयोगी) अनिल सिंहमार्फत गुप्ताले जेलरलाई १ लाख बुझाएका थिए। तर, सरुवा रोकिने आशले १ लाख बुझाएका गुप्ताकै ती जेलरले विरगन्ज सरुवा गरिदिएका छन्। जेलरले थप एक लाख घुस नपाउँदा उनको…
काठमाडौं: नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागीले भोलि राजीनामा दिने भएका छन्। सरकार निकट उच्च स्रोतका अनुसार उनले भोलि नै राजीनामा बुझाउने गरि तयारी गरेका छन्। वि.स २०७७ साल असोज १४ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी) ले नियुक्त गरेका नेपाल सरकारका मुख्य सचिवको रुपमा कार्यरत पर्वत घर भएका बैरागीको कार्यअवधी अझै केही महिना बाकी छ। तर उनी कार्यकाल सकिनु अगावै राजीनामा दिन लागेका हुन्। कानुनतः मुख्यसचिवको कार्यकाल ३ वर्षको हुन्छ। जसअनुसार उनको कार्यअवधी अझै असोजको १४ गतेसम्म कायम छ। स्रोतको दाबी अनुसार भोलि नै नयाँ मुख्य सचिवका रुपमा बैकुण्ठ दास अर्याललाई नियुक्त गरिने भएको छ। उनी अहिले उनी…
धनगढी: नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि छानबिन जारी छ। आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पालमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको जनाएको छ। सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिम समेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप छ। उक्त घटनापछि घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो। लगत्तै प्रदेश प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। चौधरी नेतृत्वको समितिले हिजो मात्रै आन्तरिक छानबिन सकाएर…
धनगढीः क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगितदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ। कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै लागूऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको कारागारको विशेष स्रोतले महेन्द्रनगरपोष्टलाई बतायो। स्रोतले भन्यो, ‘जेलर, पुलिस, नाइके र आउट डोरवालासहितको मिलोमतो हुन्छ। कारागारभित्र बेथिति मौलाउँदै गएको छ। अहिलेको जेलर लास्टै क्रप्ट छ। भित्रै कैदीहरुलाई फोन भित्र्याउने, ड्र्ग, गाँजा, चरेश भित्र्याउने,…