धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले द्वन्द्व प्रभावितहरुको उत्थानमा सबै तहका सरकारले काम गर्नुपर्ने बताएका छन्।
हिजो धनगढीमा सम्पन्न गैरसरकारी संस्था महासंघको समन्वयमा थारु महिला उत्थान केन्द्र बर्दियाद्वारा आयोजित “लैङ्गिक न्याय प्रति जवाफदेहिता” सम्बन्धी प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज र द्वन्द्व प्रभावित समुदायका प्रतिनिधिहरुबिच प्रदेश स्तरीय शान्ति संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले लैङ्गिक हिंसाका सवालहरुमा पनि प्रदेश सरकार काम गरिरहेको र द्वन्द्व पीडितलाई न्याय दिलाउने कुरामा सकारात्मक रहेको बताए।
यस्तै अर्का कृषि मन्त्री रामेश्वर चौधरीले पनि आवश्यक कानुन र अधिकारहरु नबन्दा द्वन्द प्रभावितका समस्या समाधानमा सकस भएको बताए। उनले सरकारले समन्वय गरेर सो समस्याहरु समाधान गरिनुपर्ने जनाए।