काठमाडौं : पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
उनलाई पर्वत प्रहरीले बुधवार कुश्माबाटै पक्राउ गरेको हो।
पराजुलीमाथि कास्कीको पोखरामा सहकारी ठगीसम्बन्धी उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) अर्जुन पौडेलले जानकारी दिए।
पराजुली सहकारी रजिस्ट्रारको कार्यालय, पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए। मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि यसअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
Facebook Comments Box