काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो।
अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए।
सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
र, यो पनि : नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, कारण यस्तो
Facebook Comments Box