काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले त्यहाँ आन्दोलन गरिरहेका छन्।
उनीहरूले एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए।
Facebook Comments Box