काठमाडौं : ललितपुरको बालकुमारी क्षेत्रमा जलाइएको गाडी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको रहेको खुलेको छ।
आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ। यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन।
राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन्।
यसैबीच, बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए।
Facebook Comments Box