काठमाडौं : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ।
प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो।
ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए।
यसअघि प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको सनाखत भएको छ।
उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत रहेका छन्।
राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।
अस्पताल पुर्याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।
Facebook Comments Box