काठमाडौं : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ।
पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो।
प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।
राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन। बरु छातीमा दाग देखिएको छ।
Facebook Comments Box