धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवक दुबै युवकको सनाखत भएको छ।
मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिकाका-१ का २३ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो।
प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। प्रहरीले चलाएको गाली लागेर गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन। बरु छातीमा दाग देखिएको छ।