बैतडी : बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले तलब पाएका छैनन्। चालु आर्थिक वर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन्।
संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ।
झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन्। उनीहरुले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन्।
सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य कार्यालयमार्फत तलब निकासा भएको थियो।
Facebook Comments Box