बझाङ: बझाङमा आन्तरिक रक्तश्रावका कारण एक गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामीको ज्यान गएको हो ।
उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ । बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो ।
Facebook Comments Box