कोरियन भाषा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका बिरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
कोरियामा बसोबास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका हुन् ।
यो अभियान सामाजिक अभियन्ता बीवि सिंहको अगुवाइमा नेपाली सम्पर्क,समिति,पत्रकार महासंघ दक्षिण कोरिया,कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वयमा सञ्चालित अभियानबाट संकलन भएको हो । अभियानबाट झण्डै सात लाख ५७ हजार रकम संकलन भएको छ ।
एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईले आर्थिक हस्तान्तरण गरेका हुन । उक्त रकम अछाम सेवा समितिले आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरेका थिए ।