काठमाडाैं: प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनमा सहयोग गर्न भन्दै भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन्।
समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र पठाएको जानकारी दिएकी हुन्।
‘किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ। उहाँले रेसपोन्स गर्नुभएको छ’ उनले भनिन्।
बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई तालिम दिने तयारी रहेको राणाले बताइन्।
Facebook Comments Box