धनगढी : कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ।
महोत्सवको आज (बिहीबार) एक भव्य कार्यक्रमकाबीच कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले उद्घाटन गरेका छन्।
आठौं संस्करणको महोत्सव उद्घाटन अघि यस क्षेत्रको कला संस्कृति झल्किने झाकी, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो।
माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल निर्माण गरिएका छन्। यस वर्षको महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च बनाइएको छ। जसमा १० वटा स्टल, थारू संग्रहालयका सामाग्री राखिएका छन्।
महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा अपाङ्गता जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
Facebook Comments Box