काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गर्न नहुने बताएको छ।
बिहीबार बसेको शिक्षा समितिको बैठकमा शिक्षा विधेयकमाथिको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा रद्द गर्न नहुने बताएका हुन्।
‘विधेयकमा कक्षा १० को परीक्षा हराएको छ। बोर्डले १० र १२ को सर्टिफिकेसन गर्छ। १२ को सर्टिफिकेटपछि विश्वको जहाँ नि पुग्छ । छिमेकी देशमा छिमेकीमा ८, १० र १२ को हुन्छ। नेपालमा कुनै रिसर्चबिना १० को परीक्षा कसरी हटाउन सकियो ? १९९० एसएलसी भयो । एसएलसी हटाएर राम्रो हुन्छ भन्ने छैन,’ उनले भने।
अध्यक्ष शर्माले कक्षा ८ पछि १२ कक्षाको परीक्षा लिए ५० प्रतिशतमात्रै विद्यार्थी पास हुने बताए।
‘कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत पास हुन्छन्। १० को परीक्षा हटायौँ भने त्यो प्रतिशत ३० मा झर्छ। १० कक्षामा फेल भए विद्यार्थी पढ्छन्। तर, १२ कक्षामा फेल भएन पढ्दैन,’ उनले भने, ‘एसईई प्रदेशिक रूपमा गरौँ। १० कक्षाको परीक्षा रद्द नगर्नुस्।’