काठमाडौं– नेपाली काँग्रेसले भोजपुरले जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गर्नेलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको हो ।
आमचोकका काँग्रेसका १० जना उम्मेदवारले फिर्ता नलिए सधारण समेत नरहने गरी कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। अल्टिमेटम दिनेमा आमचोक वडा ३ का सञ्जय राई, कुमारी राई, वडा नम्बर ४ का रमेश विष्ट, निर्मला राई, वडा नम्बर ५ का संजय राई, कौसिला नेपाली,वडा ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, वडा १० का विन्द्रबहादुर श्रेष्ठ छन् ।
Facebook Comments Box